सेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

लोकपथ
377
Shares

काठमाडाैं । सेयर बजारमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबार खुलेको दुई मिनेटमै सर्किट लागेर बन्द भएको नेप्से दोस्रोपटक कारोबार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बन्द भएको छ ।


कारोबार खुलेको पहिलो दुई मिनेटमै नेप्से ४ अंकले बढेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि ११:२२ मा कारोबार खुल्दा त्यसको एक मिनेटमै दोस्रो सर्किट लागेर कारोबार बन्द भएको छ । यतिबेला नेप्सेमा ५ प्रतिशतकाे वृद्धि भई २१५६.०७ अंकमा पुगेर रोकिएको छ ।


प्रचण्ड नेतृत्वको सरकार परिवर्तन भई नयाँ सरकार गठन हुने र एमालेको तर्फबाट अर्थमन्त्री बन्ने हल्लासँगै सेयर बजारमा उछाल आएको हो ।


सरकार परिवर्तन हुँदा एमालेको तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल आउन सक्ने हल्लाकाबिच सेयर बजारमा दोस्रोपटक सर्किट लागेको हो ।


अब नेप्से १२ बजेर ३ मिनेटमा खुला हुनेछ । एक दिनमा अधिकतम ६ प्रतिशतसम्म मात्रै नेप्से बढ्न वा घट्न पाउने भएमा अब १ प्रतिशत वृद्धि भई कुल ६ प्रतिशतको वृद्धि भएमा आजको लागि कारोबार बन्द हुनेछ ।


मङ्गलवार नेप्से परिसूचक अधिकतम ६ प्रतिशतले वृद्धि हुँदा १२३ दशमलव २० अंकसम्म वृद्धि हुन सक्नेछ । मङ्गलवार नेप्से ६ प्रतिशतले वृद्धि भएमा २,१७६.५९ अंमा पुगेर बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?