प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

लोकपथ
1.5k
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने निर्णय गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच गएराति नयाँ सत्ता समीकरण निर्माण गरेर अघि बढ्ने सहमति भएपछि आज मंगलबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए । उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतको सामाना गर्ने धारणा बनाउनुभएको छ । हामीले पनि पार्टीको तर्फबाट एकमतले समर्थन गरेका छौं । विभिन्न पक्षसँग कुरा गर्छौँ । रास्वपा, कांग्रेस र एमालेका विभिन्न पक्षसँग कुराकानी गरेर अगाडि बढ्ने सहमति भएको छ ।’

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ । ३० दिनभित्र कुनै पनि दिन उनले विश्वासको मत माग्न सक्छन् । सरकारमा रहेको दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा उल्लेख छ ।

याे पनि

प्रचण्डका अब दुई बाटो : राजीनामा लिने कि विश्वासको मततर्फ जाने

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर कांग्रेससँग समझदारी भएको भन्दै उनलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । साथै आफू दुई तिहाईको प्रधानमन्त्री बन्न लागेको र आफू नेतृत्वको सरकारमा सहभागी हुन उनले दाहाललाई भनेका थिए । आज एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने र मन्त्री पनि फिर्ता बोलाउने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?