व्यवसायीमाथि खुकुरी प्रहार गर्नेले प्रहरीमा गरे आत्मसमर्पण

लोकपथ
0
Shares

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छेडामा व्यवसायीमाथि खुकुरी प्रहार गरी फरार भएका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

आत्मसमर्पण गर्नेमा ललितपुरकै भैसेपाटी घर भएका बाबा भनेर चिनिने राजेश केसी रहेका छन् । केसीले असार ७ गते सोही ठाउँकै मनोज कुमार बानियाँलाई खुकुरी प्रहार गरी फरार भएका थिए ।

केसीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बानियाँको मेडिसिटी अस्पतालमा उपचार भइरहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?