धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश जारी

लोकपथ
260
Shares

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्षको नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले उक्त प्रक्रिया रद्द नगर्न आदेश दिएको हो।

माघ ५ गते सुरु भएको अध्यक्ष छनोट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रवार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।   

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको थियो। उक्त समितिले गत शुक्रबार अध्यक्ष चयनको प्रक्रिया रद्द गरेको सूचना जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?