हड्डी बलियो बनाउन यी कुराहरु खानुस्

लोकपथ
31.5k
Shares

काठमाडौं । यदि तपाईंआफ्नो हड्डी बलियो बनाउन चाहनुहुन्छ ? हड्डीहरू शरीरको सबैभन्दा महत्वपूर्ण संरचना हुन् जसले तपाईंको शरीरलाई शक्ति दिन्छ । हाम्रो सम्पूर्ण शरीर हड्डीमा निर्भर हुँदाहुँदै पनि अक्सर मानिसहरूले हड्डीको स्वास्थ्यलाई बेवास्ता गर्छन् । यस्तो अवस्थामा आफ्नो हड्डीलाई मजबुत बनाउन क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुपर्छ, जसले गर्दा तपाईको हड्डी आइरन जस्तै बलियो बन्नेछ ।

दुग्धजन्य पदार्थ
यदि तपाईंं आफ्नो हड्डी बलियो बनाउन चाहनुहुन्छ भने आफ्नो दैनिक दिनचर्यामा दूध र यसका उत्पादनहरू खान सक्नु हुन्छ । दुग्धजन्य पदार्थमा क्याल्सियम र भिटामिन डी प्रचुर मात्रामा पाइन्छ । यसका साथै दुग्धजन्य पदार्थमा प्रोटिनको मात्रा पनि बढी हुन्छ । दूधमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ र यसमा अन्य धेरै पोषक तत्वहरू पनि पाइन्छ । दूधबाहेक दही, चिज जस्ता खाद्यपदार्थको सेवन पनि तपाईको लागि फाइदाजनक हन्छ ।

हरियो सागसब्जी
भिटामिन र मिनरल्सका अलावा ब्रोकाउली, बन्दागोभी र काउली जस्ता हरियो सागपातमा पनि क्याल्सियम पाइन्छ, जसले हड्डी बलियो बनाउँछ । हरियो सागसब्जीमा फाइबर, आइरन र भिटामिन ए पनि उच्च हुन्छ ।

बदाम
बदाम क्याल्सियमको अर्को धनी स्रोत हो । सबै प्रजातिका बदाममा बोसो, फाइबर, म्याग्नेसियम र भिटामिन ई भरिएका छन् ।

भटमास
प्रोटिनसँगै सोयाबिन (भटमास) मा क्याल्सियम पनि प्रशस्त मात्रामा पाइन्छ । यसले तपाईंको आहारमा क्याल्सियम र प्रोटिन दुवैको मात्रा बढाउँछ । त्यसैले यसको सेवन तपाईंको लागि निकै फाइदाजनक हुन सक्छ ।

चिया बीज
चियाको दाना प्रोटिन, खनिज र भिटामिनसहित धेरै पोषक तत्वहरूमा धनी हुन्छ, जसले शरीरलाई क्याल्सियम प्रदान गर्दछ । चियाको दानालाई रातभर पानीमा भिजाएर बिहान खाली पेटमा खानुहोस् । यसका अलावा चिया सीडलाई दही, ओट्स र स्मूदीमा मिसाएर पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?