प्रतीक थापालाई थुनामा पठाउने आदेश

लोकपथ
1.3k
Shares

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले मंगलवार थापालाई थुनामा पठाउन आदेश दिएको हो ।


काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।
लामो समय फरार रही हालसालै पक्राउ परेका थापा तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै थुनामै पठाउन आदेश भएको हो ।


काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी मेलिस बास्कोटाका अनुसार अदालतले थुनामा पठाउन आदेश दिएको भएपनि कुन कारागारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा हुन भने उनी गृहमन्त्रीको सचिवालयमा बसेर काम गर्ने गर्दथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?