संविधान संशोधनको विषय स्वागत योग्य छ : अध्यक्ष लिङ्देन

लोकपथ
1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनको लागि नयाँ समिकरण बन्नु प्रारम्भिक रुपमा स्वागत योग्य विषय भएको बताएका छन् ।

आज नयाँ समिकरणको विषयलाई लिएर बसेको बैठकको बारेमा जानकारी दिदैँ उनले राप्रपाले सधैँ यो संविधानले काम गर्दैन र यही संविधानबाट अगाडि जान सकिदैँन भन्ने कुरा उठाउदैँ आएको भन्दै संविधान संशोधनको कुरा स्वागत योग्य भएको बताएका हुन् ।

उनले भने, ‘अहिले कांग्रेस र एमालेले जुन नयाँ सहमती बनाएको समाचार बाहिर आएको छ । त्यो सहमतीको मूल मुद्धा भनेको संविधान संशोधन रहेको छ । प्रमुख दल र दोस्रो मुख्य दल मिलेर संविधान संशोधन गर्न मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । त्यसलाई हामीले प्रारम्भिक रुपमा स्वागत योग्य विषय मानेका छौँ । किनभने यो संविधानले काम गर्दैन र यही संविधानबाट अगाडि जान सकिदैँन भन्ने कुरामा मुख्य दलहरु सहमत भएको देखिएको छ ।’

उनले सरकारमा जाने नजाने भन्ने कुरामा यो समिकरणले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ सबै हेरेर मात्र आफ्नो धारणा बनाउने निर्णय गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘यसले कस्तो स्वरुप लिन्छ र कसरी अगाडी बढ्छ हेर्न बाकी छ । त्यसकारण यसलाई हेर्ने र आफ्नो धारणा बनाउने हामीले निर्णय गरेका छौँ । संविधान संशोधनको प्रक्रिया कसरी अगाडि जान्छ र अहिले बाहिर आएका कुरा सहमतीका विषय हो की होइन र त्यसमा कांग्रेस एमाले सहमत छ कि छैन भन्ने कुरा सबै हेरेपछि र अरु दलहरुसँग कुरा गरेपछि मात्र हामीले हाम्रो धारणा बनाउछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?