३ हजार १९४ किलो सुन तस्करीमा यी हुन् प्रतिवादी बनाइएका ६० व्यक्ति (नामावलीसहित)

लोकपथ
429
Shares

काठमाडाैं । अवैध सुन तस्करीसम्बन्धी मुद्दामा ६० जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको छ । मंगलवार काठमाडौं जिल्ला अदालतमा ६० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।


६० किलो सुन तस्करी प्रकरणमा जोडिएर अनुसन्धान गरेको सिआइबीले कुल ३ हजार १ सय ९४ किलो सुन तस्करी भएको र त्यसबापत ३० अर्ब ८४ करोड १ लाख २६ हजार ४४० रुपैयाँ ९० पैसाको कारोबार भएको दाबी गरेको छ ।

अवैध सुन तस्करीको ओसारपसार र कारोबारमा संलग्न पहिले नै फरार रहेकासमेत गरी कुल ४६ जना र ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा चली थुनामा रहेका पुराना १६ जना गरी ६० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले ५०१ पृष्ठ लामो अभियोगपत्र पेस गरेको हो ।

सुन तस्करी प्रकरणमा यसअघि प्रतिवादी बनाइएका दावा छिरिङ, जीवन चलाउने लगायतका व्यक्ति, लक्की ज्वेलर्सका दुई सञ्चालक, सुन रिफाइन र किनबेचमा सक्रिय भारतीय नागरिक सिद्धार्थ गायकवाड, पेवेल र सजिलो पेका सञ्चालक लगायतका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो ।

हेर्नुहोस्, मुद्दा दायर भएका ६० जनाको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?