कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

लोकपथ
13
Shares

काठमाडौं । एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएको समझदारीलाई अनुमोदन गर्न नेपाली कांग्रेसले कार्य सम्पादन समितिको बैठक बोलाइएको छ ।

बैठक आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई बोलाइएको छ ।

नेकपा एमालेसँग सोमवार राति भएको नयाँ सत्ता सहकार्यका लागि भएको सहमति अनुमोदनका लागि बैठक बस्न लागेको जनाइएको छ ।

कांग्रेस–एमालेबीच भएको सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने यसको नेतृत्व सुरुको डेढ वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र बाँकी कार्यकाल देउवाले नेतृत्व गर्ने सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?