कोपा अमेरिका फुटबल : ब्राजिल क्वाटरफाइनलमा

लोकपथ
12.2k
Shares

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार बिहान भएको खेलमा कोलम्बियासँग एक–एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२औँ मिनेटमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए ।

सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो । कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधवारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । अब शुक्रबारबाट सुरु हुने क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार बिहान खेल्ने छन् ।

यसैगरी आइतबार कोलम्बिया र पानामा आमने सामने हुँदा सोही दिन उरुग्वे र ब्राजिल भिड्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?