रास्वपा बैठकमा ठूलो संख्यामा प्रहरी परिचालन, कार्यालयको पाँचौं तलासम्म प्रहरीको तैनाथी

लोकपथ
21.2k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी केन्द्रीय समिति बैठकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न वनस्थलीस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा भित्रैसम्म प्रहरी तैनाथी बढाइएको छ ।

बैठक बसिरहेको पाँचौ तलासम्म प्रहरीको तैनाथी देखिन्छ । आजको बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै महामन्त्री ढकालले मुखमा कालो टेप टाँसेर सांकेतिक विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?