रास्वपा महामन्त्री ढकाल भन्छन् : मैले विवाह गर्ने कि कुमार बस्ने, पार्टीले नै निर्णय गरोस्

लोकपथ
884
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले केन्द्रीय समिति बैठकमा पेस गर्ने भनी तयार पारेको प्रस्तावमा प्रेम र विवाहको कुरा पनि उठाएका छन् । उनले पार्टी बैठकमै लिखितरुपमै यो कुरा राख्न चाहेको भएपनि पार्टी सभापति रवि लामिछानेले बोल्न दिएका छ्रैनन् । यद्यपि, सञ्चार माध्यममा भने उनको पत्र सार्वजनिक भइसकेको छ ।
पत्रम उनले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् । आफ्नो प्रेम सम्बन्धलाई लिएर पार्टीकै नेताहरुले टिप्पणी गरेपछि उनले यस्तो माग गरेका हुन् ।

उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् । ‘मैले बिहे गर्ने कि नगर्ने रु कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग (बिहे) गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठीक छ ।’

प्रस्तावमा भनेका छन्, ‘गल्फ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, म सहुँला तर ती नारीप्रति सम्मान गरिएको भए हुन्थ्यो । म जान पाइन, एक जना नारी जाने रु मेरो साटो भनेर रडाको मच्याउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा ।’पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।

उनले पत्रमा विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?