एमाले मन्त्रीहरुले आजै राजीनामा दिने, समर्थन पनि फिर्ता लिने

लोकपथ
5k
Shares

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आज बुधबार नै फिर्ता लिने तयारी गरेको छ । दिउँसो ३ बजेपछि समर्थन फिर्ता लिने र मन्त्रीहरुले सामूहिक राजीनामा बुझाउने एमालेको तयारी छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेकोमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

‘संसद्को दुई ठूला दल मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्रीले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘तर प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु फर्कनु हुन्छ ।’

कांग्रेस र एमालेबीच सत्ता समझदारी भइसकेको छ । सहमति अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली सुरुमा प्रधानमन्त्री बन्दैछन् । नेपाल कांग्रेसले पनि औपचारिक रुपमै प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?