भ्रातृ संघको महाधिवेशन गर्न कांग्रेसको निर्देशन

लोकपथ
77
Shares

काठमाडौं । नेपाली कांग्रेसले २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा भ्रातृ संघको महाधिवेशन गर्न निर्देशन दिइएको छ ।

भ्रातृ संस्थाहरूको म्याद गत असार १५ गते सकिएकोले नेपाली कांग्रेसले नेविसंघलगायत १० भ्रातृ संस्थाको म्याद थप गर्ने निर्णय गरेको हो ।

बुधबार बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिले सो निर्णय लिएको हो ।

महाधिवेशन नगरेका भ्रातृ संघहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघलाई महाधिवेशन गर्ने गरी म्याद थप गरिएको कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?