काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।
बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको पर्खाल भत्काएको हो ।
घरधनीलाई पर्खाल भत्काउन आग्रह गरे तापनि भत्काउन नमाने पछि महानगरपालिकाले डोजर लगाएको हो ।
ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया