रास्वपाले महामन्त्री ढकालको समीक्षा प्रतिवेदन आजै सार्वजनिक गर्ने

लोकपथ
312
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन आजै सार्वजनिक गर्ने भएको छ।
बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकालको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

पार्टीको अवस्थाबारे बुझ्न देशका विभिन्न ३२ जिल्लामा पुगेर महामन्त्री ढकालले समीक्षा प्रतिवेदन तयार पारेका थिए।

महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?