रास्वपाका मन्त्रीहरुले आज राजीनामा दिने

लोकपथ
572
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर रास्वपाका मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

तर रास्वपाले कांग्रेस–एमाले गठबन्धन सरकारमा भने सहभागी नहुने निर्णय गरिसकेको छ ।

सरकारमा सहभागी अर्को दल एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?