राजीनामा बुझाउन गएका रास्वपा मन्त्रीहरु त्यसै फर्किए

लोकपथ
5.8k
Shares

काठमाडौं । राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिएर फर्किएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय लिएर राजीनामा बुझाउन गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित चारै जना मन्त्री राजीनामा नदिएर फर्किएका हुन् ।

प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि आफ्ना मन्त्रीहरुले राजीनामा नदिएको प्रमुख सचेतक सन्तोष परियारले बताए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले छलफल गर्नुप-यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं ।

सरकारमा रास्वपाका तर्फबाट लामिछानेका अलावा उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएपछि दाहाल सरकार अल्पमतमा परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?