‘व्याक’ भए भुसाल, अन्ततः सर्वसम्मत अध्यक्ष बन्दै माधव नेपाल

लोकपथ
5.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत बन्ने भएका छन् । लामो समयको छलफलपछि नेताहरुबीच नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको हो । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरू सर्वसम्मतिको प्रयासमा रातभर जुटेका थिए ।

नेपाललाई विशेषगरी पार्टी महासचिव घनश्याम भुसालले चुनौती दिएका थिए । सम्मानित नेता झलनाथ खनाल पनि भुसालकै पक्षमा उभिएका थिए । भुसाललाई महासचिव बनाएर नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भएको थियो ।

महाधिवेशन प्रतिनिधिको संख्या नेपालको पक्षमा अधिक देखिएपछि भुसाल ‘व्याक’ भएका हुन् । पछिल्लो समयमा उनले वरिष्ठ उपाध्यक्ष दाबी गरेका थिए । तर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको दाबी रहेकाले उनलाई कार्यकारी अधिकारसहितको महासचिव बनाउन लागिएको छ । भुसालले भने अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछिको तेस्रो वरियतासहितको कार्यकारी पद दाबी गरेको स्रोतको भनाइ छ ।

महासचिव नै भए पनि वरियतामा सम्मानित नेताभन्दा पछि रहने अवस्थामा भुसालले माधव नेपाललाई समर्थन जनाउने भएका छन् । अध्यक्षसहितको पदाधिकारीको सर्वसम्मतिपछि केन्द्रीय सदस्यहरूको मनोनयनपत्र दर्ता गराएर नेतृत्वले सर्वसम्मत गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?