चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटपछि जयशंकरले के भने ?

लोकपथ
507
Shares

आस्ताना । लद्दाखमा भारत र चीनबीच सीमा तनाव जारी छ । तनावका बीचमा भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबिच बिहीबार कजाकिस्तानको राजधानी अस्तानामा भेटवार्ता भएको छ ।

शांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन दुवै जना कजाकिस्तान पुगेका हुन् । ‘आज बिहान अस्तानामा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट भयो ।’ भेटबारे ट्वीटरमा जानकारी दिँदै विदेशमन्त्री जयशंकरले भने ।

‘सीमा विवाद सम्बन्धी मुद्दाको चाँडो समाधानका लागि छलफल भएको छ । यस दिशामा कूटनीतिक र सैन्य माध्यमबाट प्रयास दोब्बर बनाउने सहमति भएको छ ।’ ट्विटमा भनिएको छ । वास्तविक नियन्त्रण रेखाको सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति र सद्भाव सुनिश्चित गर्न महत्त्वपूर्ण भएको पनि उनले बताएका छन् । पारस्परिक सम्मान, आपसी संवेदनशीलता र पारस्परिक हितले द्विपक्षीय सम्बन्धलाई निर्देशित गर्ने ट्विटमा भनिएको छ ।

उनको स्थानमा भारतको नेतृत्व गर्दै विदेशमन्त्री एस. जयशंकर कजाकिस्तान पुगेका हुन् । संसदको अधिवेशनका कारण मोदी एससीओमा सहभागी नहुने आधिकारिक विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?