मणिपाल अस्पताललाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

लोकपथ
0
Shares

काठमाडौं । मणिपाल अस्पतालले महालेखा र पोखरा महानगरपालिकालाई विपक्षी बनाएर हालेको रिटमाथि तत्काल कुनै कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले विपक्षीका नाममा रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो ।

पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पताललाई भवन निर्माण सम्पन्नता सम्बन्धी बाँकी राजस्व १९ करोड ८१ लाख बुझाउन र नबुझाए कारबाही हुने पत्र पठाएपछि मणिपालले मंगलबार सर्वोच्चमा गुहार मागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?