गृहमन्त्री लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसला आजै आउने तयारी

लोकपथ
1.5k
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पदमुक्त गर्न माग गर्दै परेको रिटमाथिको सबै बहस सकिएको छ। न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।

यसअघि मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। आज रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जबाफी बहस गरेका हुन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराई ले पदमा रहँदा अनुसन्धान प्रभावित हुने भन्दै पदमुक्त गर्न माग राख्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?