एमालेले प्रधानमन्त्रीलाई भन्यो : सरकार अल्पमतमा परिसक्यो, दीर्घकालीन असर पर्ने कुनै काम नगर्नु/नगराउनु

लोकपथ
616
Shares

काठमाडौं । नेकपा (एमाले) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकार अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आफ्ना मन्त्रीहरुले राजीनामा दिएको भोलिपल्ट बिहीबार महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘एमाले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नु भएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ, संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन नेकपा (एमाले) प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दछ ।’

एमालेका ८ जना मन्त्रीहरूले बुधबार साँझ राजीनामा दिएकोमा बिहीबार स्वीकृत भइसकेको छ । ती मन्त्रालय प्रधानमन्त्री दाहालले नै हेर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?