३० दिनभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

लोकपथ
0
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले संवैधानिक कानुनी व्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कानुनी प्रावधान अनुसार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने जानकारी गराएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

उनले भनिन्,‘सरकारले राजीनामा पनि गर्देन । ३० दिन पनि काट्दैन। हाम्रो संवैधानिक कानुनी व्यवस्था अनुरुप संसदमा विश्वासको मतको सामना गर्छु भन्नु भएको छ । कुन दिन गर्ने भन्ने निर्णय भैसकेको छैन् । तर सकेसम्म विश्वासको मत फेस गछौं । राजीनामा दिने भन्ने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?