बेलायत निर्वाचन : प्रधानमन्त्री ऋषि सुनकको दलको लज्जास्पद हार, लेबर पार्टी १४ वर्षपछि सत्तामा

लोकपथ
3.8k
Shares

काठमाडौं । बेलायतमा बिहीबार भएको चुनावको नतिजा आउने क्रम जारी रहँदा लेबर पार्टीले बहुमत प्राप्त गरिसकेको छ । प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टीले भने लज्जास्पद हार व्यहोर्ने देखिएको छ । प्रधानमन्त्री सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनबाट बेलायती संसद् हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ६५० सांसद निर्वाचित हुनेछन् । सरकार बनाउनका लागि ३२६ सिट आवश्यक पर्छ । यो समाचार तयार पार्दासम्म लेबर पार्टीले ३५८ सिट जितिसकेको छ । यो जीतसँगै झन्डै १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्कने भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकको दल कन्जरभेटिभ पार्टी भने ७६ सिटमा मात्र विजयी भएको छ । त्यस्तै लिबरल डेमोक्रेटिक पार्टी ४८ सिटमा विजयी भएको छ ।बीबीसीले लेबर पार्टीले ४०५ सिट जित्ने प्रक्षेपण गरेको छ । त्यस्तै कन्जरभेटिभ पार्टीले १५४ र लिबरल डेमोक्रेटिक पार्टीलाई ५६ सिट प्राप्त हुने अनुमान गरिएको छ । मत सर्वेक्षणहरूले २०१० देखि सत्ता सम्हालिरहेको कन्जरभेटिभ दलले नराम्रो पराजय भोग्ने देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?