सहकारीसम्बन्धी छानबिन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै

लोकपथ
221
Shares

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने भएको छ।

समितिको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई बोलाइएको छानबिन समितिका संयोजक सूर्य थापाले जानकारी दिए।

देशभरका प्रहरी कार्यालयहरूले सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धान गरिरहेकाले मुद्दाबारे जानकारी लिन उनीहरूलाई छलफलमा डाकिएको हो। समितिले छानविनको दायरामा रहेका २९ वटै सहकारीका सञ्चालकरूलाई सम्पर्कमा आउन पनि अनुरोध गरेको छ।

समितिले पाएको ३ महिनाको निर्धारित समयभित्रै छानबिन सक्ने गरी काम गरिरहेको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?