खोलाले बगाएर एक जनाको मृत्यु

लोकपथ
2.7k
Shares

काठमाडौं । खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

स्याङजाको पुतलीबजार नगरपालिका वडा नं-०१ वीरेन्द्रनगर बस्ने वर्ष ७४ को तिल बहादुर भुजेलको खोलाले बगाई मृत्य भएको हो ।

सोहि ठाउँ स्थित अरगौदी खोला तर्ने क्रममा खोलाले बगाई घाईते भएका उनको स्याङ्जा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?