राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (पूर्णपाठ)

लोकपथ
208
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् । यो बजेट ल्याउँदा एमाले सरकारमै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?