प्रधानमन्त्री दाहालले असार २८ मा विश्वासको मत लिने

लोकपथ
3.4k
Shares

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख सारथी नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा उनले विश्वासको मत लिनेगरी तयारी अघि बढेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको सबैभन्दा ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी भएपछि एमालेले बुधबार सााझ दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।कांग्रेस र एमाले दुबै दलले पदबाट राजीनामा दिन भनेपनि उनले अस्वीकार गर्दै विश्वासको मत लिने बताइरहेका छन् ।

हिजो बिहीबार राजीनामा बुझाउन गएका रास्वपाका मन्त्रीहरुलाई पनि प्रधानमन्त्री दाहालले सहयोग गर्न भनेका थिए । उनको भनाइपछि राजीनामा नबुझाइकन फर्किएका रास्वपाका मन्त्रीहरुले पनि उनलाई चाँडो विश्वासको मत लिन सुझाव दिएका थिए ।
सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?