महाधिवेशन ‘बहिष्कार’ गरेका प्रेम आले नेकपा एसको ९३ जनाभित्र परेनन्

लोकपथ
11.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन् ।

२९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको सो पार्टीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने जनाएको छ । ९३ जनामा अघिल्लो पोलिटब्युरो सदस्यमा रहेकाहरू अधिकांश परेका छन् ।

तर महाधिवेशन नै ‘बहिष्कार’ गरेका पूर्वमन्त्री प्रेमबहादुर आलेको नाम भने सूचीमा छैन । उनी यसअघि एसको पोलिटब्युरो सदस्यको भूमिकामा थिए ।डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद आले पछिल्ला दिनमा पार्टी काममा सक्रिय देखिँदैनन् ।

यसअघि पोलिटव्युरो र स्थायी कमिटीमा रहेका रामजी शर्मा, गोविन्द कोइराला, गौरा प्रसाई कोइराला, शारदा सुवेदी, कृष्णप्रसाद सापकोटा, प्रेमनारायण पौडेल र हर्कमान तामाङको नाम पनि ९३ जनाको सूचीभित्र देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?