लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
65
Shares

काठमाडौं । लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–७ का ४४ वर्षीय राजाराम खत्री छन् ।

लेनदेन मुद्दामा ६ असोज २०७९ मा ५० लाख बिगो भराउने र १ वर्ष कैदको फैसला काठमाडौं जिल्ला अदालतले उनलाई सुनाएको थियो । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?