एमालेले दलाल पूँजीवादसँग अँगालो मार्दैछ : झलनाथ खनाल

लोकपथ
28
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारिरहेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित महाधिवेशन समापन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस दलाल पूँजीवाद रहेकोे आरोप लगाउँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले राष्ट्रको हित गर्न नसक्ने बताए ।

उनले भने,‘कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ ।

जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी तीन लाख ५० हजार सदस्यहरु रहेछन् । तीनिहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुर्नगठन र एकताको प्रक्रिया सुुरुवात हुने बताए । नेकपा एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति देशमा नै रहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?