कांग्रेस संसदीय दलको बैठक बस्दै

लोकपथ
175
Shares

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा कांग्रेस र एमालेबीच गत सोमबार बनेको सहकार्य सहमति सहकार्यबारे जानकारी गराउने कार्यसूची रहेको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस र एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?