देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

लोकपथ
161
Shares

काठमाडौं । शुक्रबार रातिदेखिको परेको अविरल वर्षाले देशका विभिन्न भागका राजमार्ग र सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको रिपोर्ट अनुसार कान्ति लोकपथ सडक खण्ड र  चित्लाङ मकवानपुर सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

यस्तै,संखुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथांका सडक ठप्प भएको छ । पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड  पनि अवरुद्ध  भएको छ ।

सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । यसैगरि जयपृथ्बी राजमार्ग अन्तर्गत बझाङ, दार्चुला, अछाम जोड्ने सडकखण्ड पनि अवरुद्ध  भएको छ । साथै भिमफेदी काठमाडौं जोड्ने वीपी राजमार्ग पनि अवरुद्ध छ ।

अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने अहिले पूर्ण रूपमा खुलेको छ । शुक्रबार रातीदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?