काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–३ सिङ्गल ट्रीस्थित ट्रपिकल रेष्टुरेन्ट पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार (आज) बिहान ११ बजे रेष्टुरेन्टको किचन कोठा पहिरोले पुरिँदा गोरखा शहीद लखन गाउँपालिका–६ घर भएका २२ वर्षीय मनोज बिककाे मृत्यु भएकाे हाे । उनी सोही रेष्टुरेन्टमा किचन हेल्परका रुपमा काम गर्ने गरेका थिए ।

पहिरोले पुरिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?