दाङ । राप्ती नदीमा शनिबार बगेर बेपत्ता भएका दुईजनाको शव आज आइतबार फेला परेको छ ।
राप्तीमा आएको बाढीले लमही नगरपालिका–७ नयाँबस्तीका ६२ वर्षीय मणिराम चौधरी लमही नगरपालिका–८ बगरापुर गाउँबाट र राजपुर गाउँपालिका–२ बेलाका १७ वर्षीय राजकुमार यादव दूध बिक्री गरी घर फर्कने क्रममा लमही नगरपालिका–७ हस्नापुर घाटबाट बेपत्ता भएका थिए । उनीहरु दुबैको शव खोलाको बगरमा फेला परेको थियो ।
यस्तै, हस्नापुर घाटबाट राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरी बल नेपाल नं ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्धार गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया