नारायणी नदीमा फसेका ५८ जनाको मध्यरात सकुशल उद्वार (भिडियोसहित)

लोकपथ
119
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाकोे शनिबार राति पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

वर्षाका कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेकोे सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?