काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
एमालेले प्रधानमन्त्री दाहालले असार २८ अघि राजीनामा नदिए उक्त दिन प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत नदिने निर्णय गरेको छ ।
‘माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । त्यसकारण सरकारले तत्काल राजीनामा दिनुपर्छ,’ नेकपा एमालेका सचेतक महेश बर्तौलाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया