मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने, विश्वासको मत लिने तयारी

लोकपथ
875
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

आज आइतबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको हो ।

केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन लिन लागिहेरको छ । एमालेले समर्थन लिएको अवस्थामा मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्ने छन् ।

बागमतीमा एमालेबाट पाँच जना मन्त्री छन् । संसदीय दलका नेता जगन्नाथ थपलियासहित रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन् ।

आज काठमाडौंमा बसेको प्रदेश संसदीय दलको बैठकमा साउनको पहिलो हप्ता मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेबारे छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?