काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले राजनीतिक स्थायित्वकै खोजीमा संविधान संशोधन गर्ने कुरा पश्चगमन होइन भनेका छन् ।
अध्यक्ष ओलीले संविधान थप बलियो बनाउनकै लागि संशोधन जरुरी रहेकाले सबै दलले साथ दिनुपर्ने बताएका छन् ।
‘साथै उनले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने बताए । संविधान जारी भएपछि अहिलेसम्म देखिएको समस्याहरू ध्यानमा राखेका छौँ । उनले भने ती समस्या हल गर्ने गरी संविधान संशोधन गर्ने भनिएको हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया