चितवन । आइतबार बिहान नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् ।
करिब ५०–५५ वर्ष उमेरका देखिने ती व्यक्तिले साइकल पुलमै छाडेर हाम फालेको प्रत्यक्षीदर्शीको भनाइ छ । प्रत्यक्षदर्शीको भनाइलाई आधार मानेर प्रहरीले ती व्यक्तिको खोजी गरिरहेको छ । उनको बारेमा केही खुलेको छैन ।
नवपुलरको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलमा आइतबार बिहान १०ः४० बजेतिर यो घटना भएको हो ।
नारायणी पुलबाट यसअघि पनि धेरैले हाम फालिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया