मधेस सरकारमा पठाउन कांग्रेसले ४ मन्त्रीको नाम टुंगो लगायो

लोकपथ
826
Shares

काठमाडौं । नेपाली कांग्रेसले मधेश सरकारमा जान ४ जनाको नाम टुंगो लगाएको छ । कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई  सरकारमा पठाउन लागेको हो । 

आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको हो ।

कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?