केरा कतिखेर खाँदा स्वास्थ्यका लागि फाइदाजनक ?

लोकपथ
32.9k
Shares

काठमाडौं । केरा स्वास्थ्यका लागि फाइदाजनक फलफूलमध्ये गनिन्छ । केरामा फाइबर, एन्टिअक्सिडेन्ट र पोटासियम पाइन्छ, जसले मानव स्वास्थ्यलाई अति नै फाइदा गराउँछ । यसले मुटुको स्वास्थ्य, पाचन र तौल व्यवस्थापनमा पनि मद्दत गर्छ । तर, केरा खाने सन्दर्भमा प्रायः केरा खाने सही समय कुन हो वा कसरी खानुपर्छ भन्ने प्रश्न उठ्ने गर्छ । यसबारे हामी केही जानकारी दिन गइरहेका छौं ।

केरा कति बजे खाने ?
केरा दिनमा जुनसुकै बेला पनि खान सकिन्छ । तर हाम्रो मेटाबोलिजम रातमा सबैभन्दा ढिलो हुन्छ । यस्तो अवस्थामा केरा खाने उपयुक्त समय बिहान वा बेलुका भनिन्छ । तर, केरा राति खाइयो भने यसले निद्रालाई नियमित गर्छ र राम्रो निद्रामा मद्दत गर्छ । एकै समयमा, म्यूकसको समस्या भएका मानिसहरूले राति केरा खानबाट जोगिनुपर्छ किनभने राति केरा खाँदा बलगमको उत्पादन बढाउन सक्छ ।

केरा अम्लीय प्रकृतिको हुन्छ, जसका कारण केरा खाली पेटमा खाँदा पेट खराब हुन सक्छ । त्यसैले केरालाई अन्य कुनै पनि चीजसँग खानु सबैभन्दा फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?