काठमाडौं । भारतको बिहारमा युवकको टोकाइबाट सर्प मरेको छ ।बिहारको राजौलीको रेलमार्ग आयोजनामा कार्यरत सन्तोष लोहारले शुक्रबार सर्पलाई टोकेर मारेका थिए ।
आफ्नो आधार शिविरमा सुतिरहेको बेला एउटा विषालु सर्पले सन्तोषलाई टोकेर प्वालभित्र पस्छ, ब्युँझिएर सन्तोषले सर्पलाई फलामको रडले प्रहार गरी पटकपटक टोके पछि सर्प मरेको थियो ।
सर्पकाे डसाइपछि सर्पलाई दोब्बर टोक्दा विष नलाग्ने त्यहाँको मान्यता रहेको भारतीय मिडियाहरूले जनाएको छ । यो खबर रुसी विश्व च्यानल आरटीले पनि प्रकाशन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया