काठमाडौंमा आज पनि वर्षा, भोलिबाट मौसम सुधार हुने

लोकपथ
770
Shares

काठमाडौं । सोमबार (भोलि) बाट वर्षा कम हुँदै जाने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गर्दै भोलिदेखि क्रमिक रुपमा वर्षा कम हुने जानकारी गराएको हो।

महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा भोलिबाट क्रमिक रुपमा दक्षिणतिर सर्दै जानेछ। केहीदिनदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ।

वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?