महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा चौधर नदीको बाढीले नहर भत्काएको छ ।
बेलडाँडी गाउँपालिकाको वडा नम्बर ५ भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले बेलडाँडी शिवनगर मेन नहर भत्काएको हो ।
अविरल वर्षाले चौधर नदीमा पानीको सतह बढेसँगै सोमबार बिहान नहर भत्काएपछि नदीको पानीले बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण कुँवरका अनुसार बेलडाँँडी गाउँपालिकाका तल्लो झिलमिला, झिलमिला, इमलिया, बैवाहा, ढकनिया, खैरिघाट र बेलौरी नगरपालिकाको भुडा, शिवनगर, सडाघाटका गाउँ डुबानको जोखिममा छन् ।
बाढी प्रभावित क्षेत्रमा कुनै पनि मानवीय क्षति नहोस् भनी नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पुगेको छ ।
यस अघि २०६५ सालमा बेलडाँडीमा चौधर नदी बस्तीमा पस्दा ठूलो क्षति पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया