रूपन्देही । रूपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका–१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसिया रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जना उपचारको लागि भारततर्फ गएको बताइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया