१ सय १५ किलोग्राम गाँजा बरामद

लोकपथ
0
Shares

मोरङ । मोरङको बुढिगंगा गाउँपालिका–१ आदर्शटोल नहर छेउ स्थित सडकबाटअवैध लागूऔषध गाँजा १ सय १५ किलोग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा रोकी राखेको बा.७ च ९५९५ नम्बरको कारमा गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले कारको पछाडी डिक्कीमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?