युरिक एसिड के हो ? कसरी कम गर्न सकिन्छ ?

लोकपथ
27.4k
Shares

काठमाडौं । युरिक एसिड एक प्रकारको फोहोर पदार्थ हो, जुन प्युरिनको सेवनले शरीरमा जम्मा हुन्छ । सामान्यतया मिर्गौलाले यो युरिक एसिडलाई फिल्टर गरेर निकाल्छ । तर, मृगौलाले यो युरिक एसिड हटाउन नसकेपछि शरीरमा युरिक एसिड अत्यधिक मात्रामा बढ्न थाल्छ र घुँडा र औंलाको जोर्नीमा यसको क्रिस्टल जम्मा हुन थाल्छ । यसले पेटको समस्या पनि निम्त्याउँछ र औंलाहरू सुन्निन थाल्छ । यस्तो अवस्थामा यो युरिक एसिडलाई समयमै कम गर्न जरुरी छ । यहाँ केही यस्ता घरेलु उपायहरू बताइँदै छ, जसलाई प्रयोग गरेमा युरिक एसिडको मात्रा घटाउन सकिन्छ । यी चिज हाम्रो भान्सामै छन् ।

अदुवा : अदुवाको सेवनले युरिक एसिडको बढेको स्तरलाई कम गर्न फाइदाजनक हुन्छ । अदुवाको एन्टी (इन्फ्लेमेटरी) गुणले युरिक एसिडको स्तर घटाउन र सुन्निएको कम गर्न मद्धत पु-याउँछ । अदुवालाई हल्का पानीमा उमालेर यसको रस पिउन सकिन्छ र यसलाई अन्य खानेकुरामा पनि समावेश गर्न सकिन्छ ।

कागती पानी : चिसो नभई मनतातो कागती पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ । यसले युरिक एसिडको बढ्दो मात्रा घटाउन पनि मद्धत पुग्छ । ताजा कागतीको रसलाई एक गिलास तातो पानीमा निचोरेर पिउँदा राम्रो हुन्छ ।

उच्च फाइबरयुक्त खानेकुरा : फाइबरयुक्त खानेकुराले युरिक एसिड घटाउन सक्छ । यसका लागि फाइबरयुक्त अन्न, तरकारी, दाल र फलफूललाई आहारमा समावेश गर्न सकिन्छ ।

बेसार : बेसारमा करक्युमिन पाइन्छ जुन फाइदाजनक कम्पाउन्ड हो । बेसारको सेवनले शरीरमा एन्टी (इन्फ्लेमेटरी) गुणहरू प्रदान गर्दछ, जसले युरिक एसिडको स्तर घटाउन र सुन्निन कम गर्न सहयोग पु-याउँछ ।

एप्पल साइडर भिनेगर : एप्पल साइडर भिनेगरको प्रयोगले शरीरबाट युरिक एसिड बाहिर निकाल्न सकिन्छ । भिनेगर सेवन गर्नु अघि ध्यान दिनुहोस् कि यसलाई सादा पिउनु पर्दैन, यसलाई एक गिलास पानीमा २ चम्चा एप्पल साइडर भिनेगर मिसाएर पिउन सक्नुहुन्छ । यसले युरिक एसिड कम गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?