प्रमुख सचेतक बर्तौलाको प्रश्न : गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

लोकपथ
84
Shares

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा खुत्रेकामा हालेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रेकामा हालेर फर्किएको टिप्पणी गरेका हुन् ।

उनले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको भन्दै गोजीमा भएको राजीनामा कहाँ पुग्यो ? भनी प्रश्न गरेका छन् । साथै उनले मन्त्रीहरूलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती समेत दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?